एमालेका तीन सांसदलाई मन्त्रीबाट राजीनामा दिन निर्देशन

66








सुर्खेत- नेकपा एमालेले कर्णाली प्रदेश सरकारमा सहभागी तीन जना आफ्ना सांसदलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।
एमाले कर्णाली प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले प्रदेश सरकारमा सहभागी अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई राजीनामा दिन निर्देशन गरेको हो ।

यी तीन जनासहित प्रकाश ज्वालाले बैशाख ३ गते प्रदेश सभामा मुख्यमन्त्री महेन्द्र शाहीको पक्षमा मतदान गरेका थिए । फ्लोर क्रसगरेका थापा भौतिक पूर्वाधार, शाही भूमि व्यवस्था कृषि तथा सहकारी र बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन् ।




पार्टी ह्वीप विपरित मतदान गरेको भन्दै एमालेको सिफारिसमा प्रदेशसभाले उनीहरु चार जनालाई सांसदबाट हटाएकोमा सर्वाेच्व अदालतले पुर्नबहालीको अन्तरिक आदेश दिएको छ । अदालतको आदेशपछि सांसदको हैसियतमा फर्किका चार जना मध्य प्रकाश ज्वाला संसदिय दलको बैठकमा सहभागी भएका छन भने अरु तीन जना भने सहभागी हुने गरेका छैनन् ।

अदालतको अन्तरिम आदेशपछि पुनर्बहाली भएर पुनः एमालेमै फर्किए पनि संसदीय दलको बैठकमा बारबार आमन्त्रण गर्दा पनि उपस्थित नहुने, माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भइ आफ्नो पार्टीको निर्णय नमानेको भन्दै तत्काल राजीनामा दिन दलको बैठकले गरेको एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।



You might also like
Loading...