नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालन




भरतपुर, २८ असार । नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

कालिखोलामा खसेको सुख्खा पहिरो हटाएर आज साँझ ७ः४० बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।




आज बिहान करिब साढे ४ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोलामा सुख्खा पहिरो झरेर सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो ।



सम्बन्धित
Loading...