पात्र फेरेर केही हुँदैन, देश र जनताकाे लागि व्यवस्था फेर्नुपर्छ
नेकपा (क्रान्तिकारी माओवादी) ले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी ) ३ नं प्रदेशको आयोजनामा गरिएको विरोध प्रदर्शन गरिएको हो।
राष्ट्रिय स्वाधिनताको पक्षमा र भारतीय हस्तक्षेपको विरोधमा गरिएको प्रदर्शनमा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा ३ नंं प्रदेशका इन्चार्ज दिनेश शर्मा सागरले मुलुकमा उत्पन्न संकटको समाधानका लागि संघीय जनगणतन्त्र स्थापना अनिवार्य रहेकोमा जोड दिए ।
उनले संसदको पुनर्स्थापनाबाट राष्ट्रिय स्वाधीनता, जनअधिकार तथा जनजीविकाका समस्याहरु समाधान नहुने भन्दै ओलीको ठाउँमा देउवा प्रधानमन्त्री बने पनि राष्ट्र र सर्वसाधारणलाई कुनै फरक नपर्ने जिकिर गरे। उनले भने – पात्र होइन व्यवस्था फेरिनु पर्छ।
