सांसद भीम रावलले दिए राजीनामा

प्रतिनिधिसभा सदस्य भीम रावलले राजीनामा दिएका छन् । अछाम १ बाट निर्वाचित उनी माधव नेपाल समूहतिर थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अघि रावलले राजीनामा बुझाएका हुन् ।
‘आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौं राजनीतिक आरोह र अवरोध तथा घात प्रतिघात व्यहोरेको छु । मैले सबै मातृभूमिका लागि गरेको थिएँ,’ उनले भने, ‘तर नेतृत्वबाट त्यस विपरितका काम भए । जनतालाई अनिर्णयतिर धकेल्ने काम भए । चरम सत्ता र पदलिप्साका लागि घृणित अभ्यास भैरहँदा देशभक्तको मन रुन्छ ।’
राजनीतिक अनैतिक व्यवहार रोक्न प्रयास गरेपनि नसकेको उनले बताए । ‘अनियन्त्रीत र अनैतिक राजनीति तथा स्वेच्छाचारी व्यवहारले मतियार हुनुभन्दा अलग हुनु उपयुक्त ठानेर राजीनामा दिएको छु,’ उनले भने ।