देवचुली कांग्रेस नगर सभापतिमा पाठकको उम्मेदवारी घोषणा


देवचुली । नेपाली कांग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिँदै छ, त्यति नेताहरुबीच नेतृत्व हत्याउने रणनीति तयारी हुँदै गईरहेको समयमा वडा अध्यक्ष भुपराज पाठकले देवचुली नगर सभापतिमा उम्मेदवारी दिने भएका छन् ।




नेपाली काङ्ग्रेस देवचुली नगरको भावी नेतृत्वका लागि वर्तमान वडा सभापती समेत रहेका पाठकले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली काङ्ग्रेसका विभिन्न भातृ संगठन जनसंपर्क समिती,  विद्यार्थी सङ्घ, नेपाल तरुणदल लगाएतका संगठनमा काम गरिसकेका पाठक नेपाल ओलम्पिक राष्ट्रिय कराँते प्रशिक्षकको रुपमा समेत परिचित छन् ।




विद्यार्थी राजनीतिबाट उदाएर आफ्नो उर्जाशील जीवन नेपाली काङ्ग्रेसको संगठनमा सर्मपित गरेका पाठकले जिल्लामा सालिन, भद्र र बौद्धिक युवा नेताका रुपमा पहिचान बनाएका व्यक्ति हुन ।

हरेक ५ वर्षमा महाधिवेशन आउने र अहिलेको महाधिवेशनमार्फत देशब्यापी रूपमा मुलुकलाई अत्याधुनिक बैज्ञानिक नयाँ दिशामा लानु पर्छ भन्ने अभियानमा क्रियाशिल रहेको बताउँदै पार्टीभित्र देखिएका सकारात्मक पक्षलाई अझ तिखार्ने, जनताका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीति यो महाधिवेशनले प्रवर्द्धन गर्नुपर्ने पाठकले बताए ।

राजनीतिक रुपमा चलायमान गर्नका लागि नेतृत्वको कुरा पनि अत्यन्तै महत्वपुर्ण रहेकोले देवचुली नगर सभापतिको नेतृत्वमा जाने निर्णय गरेको पाठकले संचारकर्मीसँग कुराकानी गर्दै आफू उम्मेदवार हुनेमा कुनै शंका नगर्न आग्रह समेत गरेका छन् ।

पार्टीका विभिन्न भातृ संगठनलाई अत्याधुनिक बैज्ञानिक रुपमा संचालन गर्नुपर्ने पहिलो मुख्य एजेण्डा भएको र संगठनलाई सशक्त र चुस्त बनाउने मेरो अर्को एजेन्डा हो पार्टीका पक्तिलाई प्रशिक्षित र प्रभावशाली बनाउने, जनताको विषयवस्तुलाई बुलन्दरुपमा आवाज मुखरित गर्ने पार्टीको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्ने अहिलेको नितान्त आवश्यकता भएकोले “अत्याधुनिक बैज्ञानिक विचार, असल नीति र सक्षम नेतृत्व चयन गरौं” भन्ने नाराका साथ अघि बढेको उनले बताए ।

त्यस्तै जिल्ला सदस्य डिल्लीराम कडरियाले पनि आगामी चुनावमा देवचुली नगरको पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् ।




सम्बन्धित
Loading...