महन्थ ठाकुरको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश





काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ । त्यस्तै निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ ।




निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ । तर निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

‘निर्वाचन आयोगजस्तो संवैधानिक अंगले खुल्ला इजलासमा बहस पैरवी छलफलसमेत गराई गरेको निर्णयलाई रिट निवेदकको माग बमोजिम तत्काल अन्तरिम आदेशबाट कार्यान्वयन हुन रोक्नका लागि निर्णयकर्ता र विवादको अर्को पक्षसमेतलाई छलफलमा राखी उक्त निर्णयमा apparent error of law छ वा छैन ? रिट निवेदकलाई उक्त निणएयले अपुरणीय क्षति पुगेको छ छैन भन्ने सम्बन्धमा निर्णय हुनु संवैधानिक मर्यादासमेतको दृष्टिकोणले उपयुक्त हुने देखिएको’ भन्दै सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि बोलाएको हो ।




सम्बन्धित
Loading...