काँग्रेस अधिवेशन मध्यविन्दुमा जिशी र कार्की पक्षका दुई प्यानलबीच भिडन्त




मध्यविन्दु । नेपाली काँग्रेसको यहि असोज ९ गते  हुन गई रहेको पालिका अधिवेशनका लागि मध्यविन्दु नगरपालिकामा काँग्रेस नेता एवं संविधान सभा सदस्य महेन्द्रध्वज जिसि पक्ष र नेपाली काँग्रेसका महासमिति सदस्य एवं नवलपुर संघिय क्षेत्र नं २ का सांसदका प्रत्यासी उम्मेदवार विष्णुकुमार कार्की पक्षका फरक फरक प्यानलबीच भीडन्त हुने भएको छ ।

जिसि पक्षबाट  कुलबहादुर गुरुङको नेतृत्वमा पदाधिकारी सहितको प्यानल बनाएर उम्मेदवारी घोषणा गरिएको छ ।

 




मध्यविन्दु नगरपालिका वडा नं १२ का अध्यक्ष समेत रहनुभएका  कुलबहादुर गुरुङको नेतृत्वमा पदाधिकारीको प्यानल बनाएर उम्मेदवारी घोषणा गरिएको हो ।

 

गुरुङले नगर सभापतिमा उम्मेदवारी दिने गरि घोषणा गरिएको प्यानलको उपसभापतिमा योगमाया महतो र हिराध्वज कुमाल, सचीवमा कृष्ण भण्डारी र रामचन्द्र थापा ( विशाल), सहसचिवमा केवल प्रसाद नेपाल ( सुनिल) र रामप्रसाद ढकाल रहेका छ्न ।

 

उम्मेदवारी घोषणा कार्यक्रममा तरुण दलका जिल्ला सभापति एवं काँग्रेस महाधिवेशन प्रतिनिधि सुर्य गुरुङ, मध्यविन्दु नगरपालिका कि उपप्रमुख ओमकुमारी महतो लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

मध्यविन्दु नगरपालिकामा वर्तमान सभापति समेत रहनुभएका दोमन भण्डारीले यस अघि नै सभापतिमा पुन दोहोरिने दाबी गर्दै पदाधिकारी सहितको आफ्नो प्यानल घोषणा गरिसक्नुभएको छ ।

 

नेपाली काँग्रेसका महासमिति सदस्य एवं नवलपुर संघिय क्षेत्र नं २ का सांसदका प्रत्यासी उम्मेदवार विष्णुकुमार कार्की र मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना सहितको उपस्थितिमा वर्तमान नगर सभापति रहेका दोमन भण्डारीले आफ्नो नेतृत्वमा पदाधिकारीको प्यानल घोषणा गर्नुभएको थियो ।

 

मंगलबार घोषणा गरिएको पदाधिकारीको प्यानलमा सभापतिमा दोमन भण्डारी , उपसभापतिमा पर्शुराम थारु र जित बहादुर थापा (जितु), सचिवमा तिलक न्यौपाने र हरी बस्ताकोटी सह सचिव गणेश महतो (बिफला )र टेक बहादुर ढेंङ्गा रहेका छ्न ।



सम्बन्धित
Loading...