८३ किलो गाँजासहित निजगढबाट एक पक्राउ


प्रहरीले बाराबाट ८३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।



पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका-१६ का ४१ वर्षीय रुकबहादुर रुम्बा छन्।




बा३७प ९६८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीले शुक्रबार दिउँसो पूर्व-पश्चिम राजमार्ग नजिकैबाट पक्राउ गरेको हो।

काठघाट जाने सडकमा पुग्दा गाँजा बोकेर हिँडिरहेकाहरू फरार भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

त्यसरी भाग्ने क्रममा रुम्बालाई पक्राउ गरिएको र अन्य फरारहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 



सम्बन्धित
Loading...