क्रियापुत्रीले गरे कावासोती नगर सभापतिमा उमेद्वारी घोषणा




कावासोती । नेपाली काङ्ग्रेसको कावासोती नगरपालिकाको सभापति पदमा कावासोती-३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छ्न ।

 

शनिबार बिपि स्मृति भवन कावासोतीमा औपचारिक समारोह आयोजना गरेर आमाको शोकमा रहेका श्रेष्ठले आफ्नो नेतृत्वमा पदाधिकारीको प्यानल घोषणा गरेका हुन ।

 




शनिबार घोषणा गरिएको प्यानलको सभापतिमा अमृत कुमार श्रेष्ठ उप-सभापतिमा जित बहादुर महतो र मुक्ति थापा पुलामी, सचीवमा लेखनाथ दवाडी र हरिवंश सुवेदी, सह- सचिबमा पुष्पा देबि गुरौ र भिम बहादुर अधिकारी रहेका छ्न ।

 

जिल्लामा महामन्त्री डाक्टर शशांक कोइराला र काङ्ग्रेस नेता विष्णुकुमार कार्की  निकट समुहमा रहेर श्रेष्ठले प्यानल सहितको उम्मेदवारी घोषणा गरेका हुन ।

 

यस अघि जिल्लाका काङ्ग्रेस नेता महेन्द्र ध्वज जिसिको निकट रहेका शालिकराम ढकालले प्यानल सहित उम्मेदवारी घोषणा गरेका थिए ।



सम्बन्धित
Loading...