कांग्रेसको पालीका अधिवेशन : सुस्ता र प्रतापपुरमा खनाल पक्षको क्लीन स्वीप


परासी । नेपाली काग्रेसको १४ औ महाधिवेशन अन्र्तगत पश्चिम नवलपरासीमा जारी पालीका अधिवेशनमा प्रतापपुर र सुस्ता गाउँपालिकामा निर्विरोध उम्मेद्धार निर्वाचित भएका छन् ।

 

दुवै पालीकामा विक्रम खनाल पक्षधरले जित निकालेको छ ।

 

दुवै पालीकामा देवेन्द्रराज कण्डेंल पक्षधर कमजोर थियो ।

 

सुस्तामा सभापतिमा रविन्द्र कुमार बनियाँ, उपसभापतिमा नारायण पाण्डे, सचिव खुल्ला र समावेशिमा नारायण भण्डारी र अनिल कुमार महतो, सहसचिवमा विधाता अहिर र जितेन्द्र कुमार थारु निर्विरोध भएका छन् ।

 

यस्तै पाँच वडामा एक जना महिला सदस्य सहित ३/३ जना प्रतिनिधि निर्विरोध भएका छन् ।

 

समावेशि सदस्यमा १० जना सहित ३२ जना निर्विरोध भएको सुस्ता सहकर्मी श्याम थापाले जनाउनुभएको छ ।

 

यस्तै प्रतापपुरमा कांग्रेस सभापतिमा ज्ञानेन्द्र कुमार पंजियार निर्विरोध निर्वाचित हुनुभएको छ ।

 

यस्तै उपसभापतिद्धयमा नाथुराम क्षेत्रि र राजु प्रसाद अधिकारी, सचिवमा दिनेश उपाध्याय र कमलेश कुमार गुप्त, सहसचिवमा निवास यादव र राजु धोवि निर्विरोध भएका छन् ।

 

महिला सदस्य सहित ८ ओटा वडा बाट तिन तिन जना र समावेशि सदस्य गरी प्रतापपुरमा ५२ जना निर्विरोध भएका छन् ।

 

प्रतापपुर र सुस्ता संविधान सभा सदस्य देवकरण कलवार सन्तुको पकड क्षेत्र मानिन्छ ।

 

अहिले पछिल्लो जानकारी अनुसार सरावल र बर्दघाटको मतदान सकिएर मतगणना हुदै छ भने रामग्राममा मतदान सुरु हुन बाँकि छ ।

 

सुनवल र पाल्हीनन्दामा मतदान भईरहेको काग्रेसको जिल्ला निर्वाचन अधिकृत अधिवत्ता बाबुराम पाण्डेले जानकारी दिनुभयो ।

 

काग्रेस पश्चिम नवलपरासीमा विक्रम खनाल र देवेन्द्र राज कंण्डेलको दुई गुटमा प्रतिस्पर्धा छ ।

 





सम्बन्धित
Loading...