खैरो हिरोईन सहित दुई जना पक्राउ

लागूऔषध नियन्त्रण व्यूरोको टोलीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।
गएको बिहिबार दुई सय ५० ग्राम खैरो हिरोइनसहित बसुन्धारा बस्ने नवलपरासीका २१ वर्षीय सौरभ लम्साल समातिएका थिए ।
उनी समातिएपछि अनुसन्धानको क्रममा ज्ञानेश्वर बस्ने मोरङ उर्लाबारीका ३३ वर्षीय संगम तामाङबाट खरिद गरी ल्याएको खुल्न आएपछि २७ ग्राम अवैध लागूऔषध खैरो हिरोईन र १ थान डिजिटल तराजु सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु उपर लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।