नेपाली काँग्रेस नवलपुरः हुप्सेकोटमा दुई प्यानलबीच चुनाव हुँदै 




नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काँग्रेस गाउँ समिति चयनका लागि दुई प्यानलबीच चुनावी प्रतिप्रर्धा हुदै छ ।

 

हुप्सेकोटमा दलबहादुर राना नेतृत्वको प्यानल र ओमन सिंह राजली नेतृत्वको प्यानलबीच प्रतिप्रर्धा भएको छ ।

 




ओमन सिंह रजाली रामचन्द्र पौडेल निकट हुन भने दलबहादुर राना देउवा निकट हुन् । यहाँ पार्टी महामन्त्री शशांक कोइराला निकटकाले देउवा नेतृत्वको प्यानललाई सघाउने देखिएको छ ।

 

हुप्सेकोटमा अहिले मतदान चलिरहेको छ । यहाँ १ सय १५ जना मतदाता रहेका छन् ।

 

बलबहादुर राना नेतृत्वको प्यालनमा उपसभापतिमा टोपबहादुर सेन र दलबहादुर सोतीले उमेद्वारी दिएका छन् ।

 

त्यसैगरी सचिवमा चोलाकान्त रेग्मी आषिस र धनबहादुर गुरुङले उम्मेदवारी दिएका छन् भने सहसचिव पदमा चित्रहादुर राउत र भिमबहादुर सारुले उम्मेदवारी दिएका छन् । सचिव पदका उम्मेदवारी चोलकान्त रेग्मी आषिस पत्रकार हुन् ।

 

त्यसैगरी ओमन सिंह रजाली नेतृत्वको प्यानलबाट उपसभापतिमा महेन्द्र पाण्डे र लोकबहादुर सोतीले उम्मेदवारी दिएका छन् ।

 

त्यसैगरी सचिव पदमा अम्बरबहादुर गोदार र उर्मिला महतो र सहसचिवमा भरतकुमार भुजेल र हुमन पाण्डेले उम्मेदवारी दिएका छन् ।

 

पदाधिकारी बाहेकका अन्य पदहरुमा भने सहमति भएको छ ।

 

हुप्सेकोटमा आजै मतदान सकेर आजै मतगणना हुने जनाइएको छ ।

 

 



सम्बन्धित
Loading...