बुलिङ्गटार काँग्रेस सभापतिमा ओम श्रेष्ठ सर्वसम्मत

नवलपुर जिल्लाका अधिकांश पालिकामा मंगलवार चुनावका लागि रस्सा कस्सी चलि रहेका बेला नवलपुर कै बुलिङटारमा कार्यसमिति सर्वसम्मत भएको छ ।
बुलिङटार गाउँपालिकाका लागि सभापति ओमकुमार श्रेष्ठ सर्वसम्मत हुनुभएको छ ।
उप–सभापतिमा शेरबहादुर खाँण ठकुरी र मिनबहादुर आलेमगर, सचिवमा मनप्रसाद भाट र प्रदीप कंडेल तथा सह–सचिवमा सोमबहादुर पुलामीमगर र कान्तबहादुर आलेमगर सर्वसम्मत भएको निर्वाचित उप–सभापति शेरबहादुर खाँण ठकुरीले जानकारी दिए ।
जिल्लाका अरु पालिकामा भने मनोनयन दर्ता कै प्रकृयामा रहेका छन ।