हुप्सेकोटमा रानाको प्यानलै विजयी

नवलपुर, असोज ११ । नेपाली काँग्रेस हुप्सेकोट गाउँ कार्य समितिमा बलबहादुर राना सभापतिमा निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनबाट राना सहितको पदाधिकारी प्यानल चुनिएको हो ।
कार्य समितिको उपसभापतिमा टोपबहादुर सेन र दलबहादुर सोती निर्वाचित भएका छन् ।
सचिवमा चोलाकान्त रेग्मी (आसिस), धनबहादुर गुरुङ र सहसचिवमा भीमबहादुर सारु मगर र चित्रबहादुर राउत निर्वाचित भएको हुप्सेकोट वडा नं ३ का काँग्रेस सभापति शोभाकान्त लामिछानेले जानकारी दिनुभयो ।
कुल १ सय १५ मतदाताले मतदान गरेका थिए ।
१ सय ११ सदर मतमध्ये सभापतिमा रानाले ६७ मत प्राप्त गर्दा सभापतिका अर्का उम्मेदवार ओमनसिं रजालीले ४३ मत प्राप्त गर्नुभएको छ ।