नारायणी नदीमा हाम फालेर ४६ बर्षीय पुरुष वेपत्ता

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट २ नारायणी नदीमा फाल हालेर ४६ बर्षीय पुरुष वेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार सोमबार साँझ चितवनको भरतपुर महानगरपालिका १३ गंगानगर बस्ने बर्ष ४६ को नन्दुराज आचार्य वेपत्ता भएका हुन् ।
प्रहरीले घटना स्थलबाट लाइसेन्स, पर्स, मोबाइल, पाइन्ट र जुत्ता बरामद गरेको र उक्त लाइसेन्समा चितवन भरतपुर १३ गंगानगर निवासी ४६ बर्षीय पुरुष नन्दुराज अर्याल उल्लेख गरिएको प्रहरीले जनाएको छ ।