मत बराबरी भए पछि काँग्रेसको देवचुली सभापतिमा गोलाप्रथाबाट कडरिया विजयी

नेपाली काङ्ग्रेसको नगर अधिवेशनका लागी मंगलबार देवचुलीमा सम्पन्न निर्वाचनमा सभापतिका दुई उम्मेदवारको मत बराबर आए पछि गोला प्रथाबाट डिल्ली राम कडरिया सभापतिमा चयन भएका छ्न ।
कडरिया र सभापतिका अर्का प्रतिस्पर्धी रविलाल सापकोटा दुवैले १४७/१४७ मत प्राप्त गरे पछि सभापति पदको टुङ्गो गोला प्रथा बाट गरिएको हो ।
त्यसै गरि उपसभापति पदमा हरिभक्त भट्राई १५८ मतका साथ र भोजेन्द्र बहादुर रायमाझी १३७ मतका साथ विजयी भएको छन भने सचिवमा पदमा भुपराज पाठक ११७ मतका साथ र सुन्दर पाण्डे १३० मतका साथ विजय भएको हुन ।
त्यस्तै सहसचिवमा खेम सारु १६५ मतका साथ र तनुजा महतो चौधरी २३३ मत प्राप्त गर्दै भएका छन ।