प्रेस युनियनका केन्द्रिय सचिव बौदीकाली गाउँपालिका सभापतिमा निर्वाचित




पहाडी गाउँपालिका बौदीकालीमा नेपाली काँग्रेस सभापतिमा केवी राना निर्वाचित भएका छन् ।

 

पत्रकार केवी राना प्रेस युनियनका केन्द्रिय सचिव हुन्।

 




मंगलवार सम्पन्न निर्वाचनमा रानाले मनबहादुर सारुलाई १७ मतान्तरले पछाडी पार्दै गाउँ कार्य समितिको सभापतिमा निर्वाचित भएका हुन् ।

 

रानाले ५५ मत पाउँदा सारुका पक्षमा ३८ मत परेको थियो ।

 

बौदीकाली काँग्रेस कार्य समितिको पदाधिकारी सहित सदस्यहरु भने निर्विरोध चुनिएका छन् ।

उपसभापतिमा डिल्लीराम राना र मिनकुमार सारु चुनिएका छन् ।

 

सचिवमा राजु कंडेल र केशवराज ओझा तथा सहसचिवमा दानबहादुर मश्राङ्गी र यमबहादुर थापा निर्विरोध निर्वाचित भएका बौदीकाली वडा नं. २ का काँग्रेस सभापति डिलकुमार श्रेष्ठले जानकारी गराए

 

कुल ९९ मतदाता रहेकामा ९३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।



सम्बन्धित
Loading...