आज जितिया पर्व मनाइँदै, नवलपपुरका स्थानीय तहहरुमा सार्वजनिक विदा




नवलपुर लगायत तराईका जिल्लामा आज जितिया पर्व मनाईंदै छ ।

मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ ।




यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो खानेकुरा खाने गर्दछन् । थारु समुदायले जितियालाई विजय अर्थात् जितका रूपमा मनाउने गरेको छ ।

 

नवलपरासी, चितवनलगायतका ठाउँमा रहेका थारु महिलाहरूले तीन दिनसम्म जितिया पर्व मनाउँछन् । भगवान विष्णु, शिव र भगवान सूर्यको पूजा अर्चना गर्छन् ।

सरकारले जितिया पर्व मनाउनेलाई सार्वजनिक बिदा दिएको छ ।

 

नवलपपुरका स्थानीय तहहरुमा सार्वजनिक विदा

 

यसैबीच थारु महिलाको महान पर्व जितियाको अवसरमा आज नवलपुरका स्थानीय तहहरुमा सार्वजनिक विदा गरिएको छ ।

 

कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका लगायतका स्थानीय तहले सूचना नै जारी गरेर आज सार्वजनिक विदा गरेको हो ।

 



सम्बन्धित
Loading...