काँग्रेस कावासोतीमा ढकाल प्यालन विजयी




कावासोती । काँग्रेस कावासोतीमा सालिकराम ढकाल नेतृत्वको प्यानल विजयी भएको छ ।

 

गएराति सम्पन्न मतगणना अनुसार नेपाली काँग्रेस कावासोतीको १४ औं अधिवेशनबाट सालिकराम ढकाल नेतृत्वको प्यालन विजयी भएको हो ।

 




३ सय ७१ मत खसेकोमा शालिकराम ढकालले २ सय २३ मत प्राप्त गरे भने उनका निकतम् प्रतिद्वन्दी अमृत श्रेष्ठले १ सय ४३ मत प्राप्त गरे ।

 

त्यसैगरी उपाध्यक्षमा ढकाल प्यानलकै गोमाया खन्डलुकले २ सय ६१ र डि.बि. चौधरीले २ सय ३१ मत प्राप्त गरी विजयी भएका छन् ।

उपाध्यक्षमा जित बहादुर महतोले १ सय २७ मत र मुक्ति थापाले ७० मत प्राप्त गरेका थिए ।

त्यसैगरी सचिवमा झबिन्द्र काफ्लेले २ सय ४ मत र विनोद रानाले २ सय ५३ मत प्राप्त गरी विजयी भएका छन् भने लेखनाथ दवाडीले १ सय १७ मत र हरि बंश सुबेदीले १ सय ४ मत प्राप्त गरे ।

 

सहसचिवमा गोविन्द मान श्रेष्ठले २ सय ८ मत, भोजराज भुर्तेलले २ सय १७ मत प्राप्त गरी विजयी भएका छन् । यता कृष्ण भुसालले १ सय ६४ र भिमबहादुर अधिकारीले ८८ मत प्राप्त गरे ।

 

कावासोतीमा अन्य पदमा भने यस अघि नै सहमति भईसकेको थियो ।



सम्बन्धित
Loading...