देवचुली एमालेमा पहिरोः भ्रम फैलाउँदै साईवर सेना

खगेन्द्र पराजुली –
नवलपुर । असोज १३ ।
देवचुलीमा नेकपा एमालेमा पहिरो गएको छ ।
एमाले कार्यकर्ताकै अराजकताका कारण देवचुली नगरपालिका वडा नं. ९ मा नेकपा एमाले त्यागेर नेकपा एकिकृत समाजबादीमा प्रवेश गर्ने युवाहरु पार्टी सम्पर्कमा आएपछि देवचुलीमा एमालेलाई धक्का लाग्ने भएको हो ।
बुधवार नेकपा एस जिल्ला कमिटि सदस्य एवं देवचुली ईन्चार्ज खगराज कंडेलको उपस्थितिमा दर्जन संख्यामा युवाहरु एकिकृत समाजबादीमा आवद्ध हुन चाहेको बताएपछि थप उत्साहित भएको जिल्ला सदस्य घनलाल भुसालले प्रतिक्रिया दिएका छन् ।
जिल्ला सदस्य हुमाकान्त पराजुलीले देवचुलीमा छिट्टै नगर कमिटि गठन गर्ने तयारीका साथ पार्टी गतिबिधिलाई तिव्रता दिईएको बताए ।
उनले भने– नगर कमिटि गठनको तयारीमा छौं । भेटघाट र सम्पर्कमा ब्यस्त छौं । आजको उपस्थितिले थप उर्जा दिएको छ ।
हामीलाई वडा मात्र हैन टोल कमिटि समेत गठन गर्ने अवस्था रहेको महसुुस भएको छ ।
एमालेबाट साईबर सेना परिचालन गरेर हामीलाई बाधा हाल्ने दुस्प्रयास र दुस्प्रचार भएका छन् । हामी सामना गर्न तयार छौं । जिल्ला कमिटि सदस्य पराजुलीले बताए ।
आज भएको भेटघाट–प्रशिक्षणमा सहभागी नेकपा एस नवलपुर जिल्ला नेता लगायतको एक फोटोलाई एमालेले गत चैतमा नवलपुरमा गठन गरेको साईवर सेनाका एक सदस्यले “ठूलो संख्यामा नेपाली काँग्रेसमा प्रवेश ” भनी सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रामक सन्देश फैलाएका थिए ।