काँग्रेस गैडाकोट नगर सभापतिमा बद्रि सापकोटा निर्वाचित




गैँडाकोट । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गैँडाकोट नगरको अधिवेशनबाट बद्रि सापकोटा नगर सभापतिमा निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेसको गैँडाकोट नगरसमितिको उपसभापतिमा राजेशकुमार श्रेष्ठ र रोशनभक्त अधिकारी यस अघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।




सचिव पदमा गोविन्द घिमिरे र कृष्णमुरारी खनाल निर्वाचित हुनुभएको छ । सहसचिवमा बुद्धिप्रसाद न्यूरे र रत्नबहादुर बोहरा निर्वाचित भएका छन् ।



सम्बन्धित
Loading...