न्याय माग्दै नेपालगञ्जदेखि–काठमाण्डौ पैदलयात्रा, टोली नवलपरासीमा

गोपी ज्ञवाली-
नवलपरासी । महिला हिंसा पछि हत्या गरिएका नेपालगन्जकी नन्कुन्नी धोबी र निर्मला कुर्मीका लागि न्याय माग्दै काठमाण्डौ हिँडेको पीडितहरु एवं अधिकारकर्मीको टोली नवलपरासी पुगेको छ ।
नेपालगंज उपमहानगरपालिका वार्ड नम्बर १७ परस्पुरकी निर्मला कुर्मी र बाँके जिल्ला जानकी गाउँपालिका वार्ड नम्बर २ नेवाजी गाउँकी नकुन्नी धोवीको फरक फरक समयमा यातना पछि हत्या भएको थियो ।
शङ्कास्पद रुपमा मृत्युा भएको सो घटनाबारे बाँके प्रहरीले अनुसन्धान नगरेको भन्दै नेपालगञ्जबाट सिंहदरबार घेराउ गर्न पैदल यात्रामा निस्किएका पीडित र अधिकारकर्मीको १४ जनाको टोली बुधवार नवलपरासी पुगेको छ ।
असोज १ गते नेपालगन्जको जिल्ला प्रशासन कार्यालयबाट हिडेको अधिकारकर्मीहरुको टोली १३ दिनमा पश्चिम नवलपरासी पुगेको आन्दोलन की अगुवा मानवअधिकारकर्मी रुवी खाँ ले बताउनु भयो ।
११ जना महिला र ३ जना पुरुष गरि जम्मा १४ जना रहेको पैदल यात्रीहरुका अधिकांशका खुटटामा फोरा परेका छन भने विच विचमा सहयोगी संस्थाहरुको सहयोगमा खाना र पानीको ब्यवस्था गरेको मानवअधिकार कर्मी खाँले बताउनु भयो ।
हत्याका दोषीहरूलाई पक्राउ गरी कडा कारबाहीको माँग राखी पन्द्रौ दिन सम्म बाँकेको जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्दा समेत पिडितले न्याय नपाउने अवश्था देखे पछि आफुहरु काठमाण्डौ सम्मको पैदल यात्रा मार्फत आममानिसहरुमा प्रचार गर्ने र राज्यलाई न्यायका लागि दवाव दिने उदेश्यका साथ पैदल यात्रा शुरु गरेको पैदल यात्रीहरुले बताएका छन ।
बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी गत ५ साउनमा आफनै घरमा मृत फेला परेकी थिइन् ।
झुण्डिएको अवस्थामा उनको शव घरमै भेटिएको थियो । उनी लामो समय देखि घरेलु हिंसाबाट पिडित रहेको प्रहरी प्रशासन सबैलाई जानकारी गराउदा गराउदै उनको हत्या भएको न्यायकर्मी राहुल शेखले बताउनु भयो ।
त्यस्तै, एकल महिला निर्मला कुर्मी गत वर्ष मङ्सिरमा बेपत्ता भएकी पछि मृत फेला परे पछि प्रहरीमा किटानी जाहेरी दिईएको थियो । तर प्रहरीले अनुसन्धान नै नगरी केश पेन्डीङमा राखी दिए पछि उनको पनि न्यनय मरर्यो ।
दिनहुँ हिंसा भोगिरहेकी महिला मृत भेटिइन्, प्रहरी अनुसन्धान नै नगरी आत्महत्या भन्छ,’ अधिकारकर्मी खानले भनिन्, ‘यो देशमा सरकार छ कि छैन भनेर खोज्नका लागि हामी पैदल मार्चमा हिडेका हौ ।’