कोल्हुवामा जितीयाको अबसरमा झमटा, डटकट तथा सास्कृतीक कार्यक्रम
शालीकराम भट्टराई –
कोल्हुवा (नवलपुर) । थारु महिलाहरुको महान चाड जितीया पर्बको अबसरमा मध्यबिन्दु २ मा रहेको जितबहान मन्दीर ब्यवस्थापन समितीको आयोजनामा झमटा, डटकट ( दर खाने ) कार्यक्रम एव बिबिध सास्कृतिक कार्यक्रम भएको छ ।
कार्यक्रममा मध्यबिन्दु नगरपालीका भित्रका बिभिन्न १३ महिला समुहका महिलाहरुले झामटा गितमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी अतिथी लगाएत सम्पुर्णलाई चिचर र माछा दर खुवाइएको थियो । सहभागी कार्यक्रममा थारु गितमा स्थानिय नृत्य समेत प्रदर्शन गरेका थिए ।
कार्यक्रममा सहभागी सबै समुहलाई सान्तवना पुरस्कार प्रदान गरिएको मन्दीर ब्यवस्थापन समीतिका सल्लाहाकार अर्जुन चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै मध्यबिन्दु नगरपालीकाका नगर प्रमुख चन्द्र बहादुर रानाले थारु समुदाय नगरपालीकाको गहनाका रुपमा रहेको, थारु जातीको भाषा, सस्कृतीले मध्यबिन्दु नगरपालीको गौरब बढाएको बताउनुभयो ।
थारु जातीको भाषा, सस्कृती र परम्परा जगेर्नामा मध्यबिन्दु नगरपालीका सधै लागी पर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै मध्यबिन्दु नगरपालीका उप प्रमुख ओम कुमारी महतोले थारु जातीको सस्कृती देखाएर, घोगी, चिचर, माछा जस्ता परिकार खुवाएर अन्य समुदायले राम्रो आम्दानी गर्न सफल भएकोमा थारु समुदायको ध्यान यस तर्फ जान नसकेकोमा दुख ब्यक्त गर्नुभयो ।
कार्यक्रममा थारु समुदायका अगुवा , स्थानीय बुद्धिजीवी, राजनैतिक पार्टीका प्रतिनिधि लगाएतकाको सहभागीता रहेको थियो ।
मन्दीर ब्यवस्थापन समितीका अध्यक्ष हिरा देबी महतोको अध्यक्षता र मध्यबिन्दु नगर प्रमुख चन्द्र बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन अबदेश महतोले गर्नुभएको थियो ।







