क्रान्तिकारी माओवादी द्वारा दाङमा श्रद्धाञ्जली सभा




ईश्वरी प्रसाद गैरे –

दाङ १३ असोज – नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) देउखुरी दाङले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

 




पार्टीका केन्द्रीय सदस्य तथा ईच्छुक साँस्कृतीक प्रतिष्ठानका अध्यक्ष हिरामणी दु:खीको ममतामयी आमा लक्षिमा देबी पौडेलको ८१ अौ बर्षको उमेरमा असोज ५ गते दुखद निधन भएको थियो ।

 

पार्टीको आयोजनामा विभिन्न वक्ताहरुले आमाको ब्यक्तित्व बारे प्रकाश पार्दै गत बर्ष आफ्ना पतिको दुखद निधन भएको समयमा सास्कृतिक आन्दोलनको रुपमा नत उहाँले परम्परागत काजकिरिया गर्नुभयो नत बिधुवा भएर बस्नुभयो उहाँले समाज र सस्कृति माथिको बिसङ्गतीका बिरुद्ध ठाडो चुनौती दिनुभयो भन्ने कुरामा वक्ताहरुले जोड दिनु भएको थियोे ।

 

दाङ्गली कम्युनिस्ट आन्दोलनमा बिषेशत जनयुद्धको समयमा यो घर नचिन्ने बाआमा नचिन्ने पार्टी पङ्ती नभएको सबै पार्टी कार्यकर्ता समानरूपले हेर्ने र पार्टीका सदस्यहरुलाई आफ्नै छोराछोरी जस्तै माया गर्ने स्वास्थ खानापिना सोधखोज गर्ने आमाको गुण हजारौं कार्यकर्ताले नभुल्ने कुरा बताए ।

 

कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईञ्चार्ज समिरको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा आमाको जिबनी तथा स्वागत मन्तब्य देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष इश्वरी प्रसाद गेेैरे ले गर्नु भएको थियो ।

 

कार्यक्रममा अतिथि नेकपा (क्रान्तिकारी माओवादी) पि बि एम तथा लुम्बिनी प्रदेश इञ्चार्ज प्रेम सुवेदी , प्रदेश सचिव भुपेन्द्र न्यौपाने , देशभक्त जनगणतान्त्रिक मोर्चा केन्द्रीय सदस्य याम बहादुर शाह ,पुर्ब संबिधान सभा सदस्य तथा बाम नेता कुबेर वली , अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष नारायण प्रसाद भण्डारी , शिक्षक महासंघका का सह अध्यक्ष राम प्रसाद जैसी , लगाएतका वक्ताहरुले शोक मन्तब्य दिनु भएको थियोे भने कार्यक्रम सञ्चालन दाङ पार्टी सेक्रेटरी नरेन्द बञ्जाडेले गर्नु भएको थियो ।

 



सम्बन्धित
Loading...