माधव नेपाल अस्पताल भर्ना


नकेपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

 



ज्वरो र खोकीको समस्या बढेपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

 

नेपालको स्वास्थ्य अहिले सामान्य रहेको सचिवालयल जनाएको छ । चिकित्सकले केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह दिएका छन् ।

 




नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न छ ।

 

स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको सचिवालयले जनाएको छ ।



सम्बन्धित
Loading...