७ जना जुवाडे समातिए

कुश्मा नगरपालिका–४ ओमशान्ती टोल बस्ने पबित्रा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोदी गाउँपालिका–५ बाझुङ बस्ने ४२ वर्षीय हरि बहादुर खत्री सहित ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट नगद ४६ हजार १ सय ३० रुपैयाँ समेत बरामद गरेको छ ।