नवलपुर खाना महोत्सवको तयारी पुरा, उद्घाटन कार्यक्रममा मुख्यमन्त्री नेपाली सहभागी हुने


 



नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा भोलिबाट शुरु हुने नवलपुर खाना महोत्वसको तयारी पुरा भएको छ ।

 

 

पुष ८ अर्थात भोलिदेखि पुस १७ गतेसम्म हुने महोत्सवको भोलि औपचारिक रुपमा उद्घाटन गरिने छ ।

 

 




महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गर्न कार्यक्रम रहेको आयोजक संस्था नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष रानाले बताए ।

 

 

महोत्सव उद्घाटन पूर्व विहान १० बजेदेखि थकाली चोकदेखि महोत्सव स्थलसम्म कावासोतीमा कलश यात्रा समेत निकालिने तयारी भएको रानाले बताए ।

https://www.youtube.com/watch?v=OlpcZw7-52Y&t=121s

 

महोत्सवमा १ सय ५० वटा स्टल रहने छ । महोत्वसमा जंगल सफारी, घोडा सफारी, नारायणी नदीमा डुंगा सयर, प्याराग्लाइडिङ मुख्य आकर्षकको रुपमा रहने छन् ।

 

 

त्यसैगरी महोत्सवमा थारु, मगर, नेवार, थकाली लगायतका विभिन्न जनजातिको परम्परागत संस्कृति झल्कने घरहरुको साथै खानाका परिकारहरु रहेका होटेलहरु रहने आयोजकले जनाएको छ ।

 

 

त्यसैगरी नवलपुरका अग्लो डाँडा देवचुली र बरचुलीको संकेतिक स्तुपका साथै व्यापारिक स्टलहरु पनि रहेन छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 



सम्बन्धित
Loading...