चितवनमा एक वर्षमा २९ बालिका र १६ महिला बलात्कृत


 



चितवन, पुष १४ । चितवनमा मानवअधिकार उल्लघंनका घटनामा कमी आएको छ ।

 

गत वर्ष ११० घटना भएकोमा चालु वर्षमा जम्मा ९२ वटा मावनअधिकार उल्लघंनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले जानकारी दिएको छ ।

 




बुधबार पत्रकार सम्मेलन गरी चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारीले समग्र घटनामा कमी आएको बताउँदै सन्तोष मान्ने तथ्याङ्क भने नरहेको बताउनुभयो ।

 

अधिकारीका अनुसार यो वर्ष जिल्लामा २९ बालिका र १६ महिला बलात्कृत भएका छन् । गएको वर्ष भने बालिका ३६ र महिला बलात्कारका १५ वटा घटना दर्ता भएको थियो ।

 

त्यस्तै वालविवाहको १, वालिका वेचविखन ३, वाल यौन दुव्र्यवहारका १८ वटा घटना भएका छन् । त्यस्तै जिल्लामा महिला हिँसा १, वहुविवाह १० , बलात्कार प्रयास ७ र महिला वेचविखनका ३ वटा घटना भएको उहाँको भनाई छ ।

 

 

त्यस्तै जिल्लामा हत्याका ४ घटना भएका छन् । कार्यक्रममा चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले शिक्षाको बढ्दो चेतनाले निवेदन दर्ता बढेको बताउनुभयो ।

 

तर पछिल्लो समय सामाजिक संजालका कारण आपराधिक घटना बृद्धि हुँदै गएको र समाजलाई शान्त राख्न सवै एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

 

काठमाडौँको नयाँ बसपार्कमा सामूहिक बलात्कार, ७ जना पक्राउ

 

नवलपुरमा एक बर्षमा २० जना बालिका बलात्कारको सिकार



सम्बन्धित
Loading...