देशभर आंशिक बदली, हुस्सु र कुहिरो तीन दिनसम्म




शुक्रबार बिहान देशभर आंशिक बदली रहि धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

 

मौसम पूर्वानुमान महाशाखामा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ।

 




दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ। गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

https://www.youtube.com/watch?v=3f8NQ2xICJ8

शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पुस १६ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

https://www.youtube.com/watch?v=9z1ACWctmuU&t=18s

२०७८ पुस १७ गते (शनिबार)
दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ।

 

२०७८ पुस १८ गते (आईतबार)
दिउँसो : देशभर आंशिक बदली रहनेछ

राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ।

 

ओमिक्रोन र भारी हिमपातका कारण अमेरिकामा एक हजार उडान रद्द

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाक्लो हुस्सु, दुई विमान आकाशमा होल्ड



सम्बन्धित
Loading...