एमाले नवलपुरका अधिवेशन पुस २३ मा सर्वसम्मत नेतृत्व चयन हुने


 



नेकपा एमाले नवलपुरको जिल्ला अधिवेशन पुस २३ मा हुने भएको छ ।




अधिवेशन कावासोतीमा हुने गरी तयारी थालिएको नेकपा एमाले नवलपुरका जिल्ला सचिव जीवन श्रेष्ठले बताए ।

अधिवेशनका लागि शनिबार जिल्ला भरिबाट करिब साढे ६ सय प्रतिनिधि छनौट भएको श्रेष्ठले बताए ।
नेकपा एमाले नवलपुरको अध्यक्षमा तत्कालिन अध्यक्ष रोशन गाहा र सचिव जीवन श्रेष्ठ आकांक्षी रहे पनि जिल्ला समिति सर्वसम्मत चयन हुने जनाइएको छ ।

 

सचिव जीवन श्रेष्ठले भने – अधक्ष्यको आकांक्षी हुनु स्वभाविक हो तर, निर्वाचन नै भएर नेतृत्व चयन हुने छैन । सहमतिमा जे हुन्छ त्यही स्वीकार गरिनेछ ।

शनिबारबाट नेकपा एमाले नवलपुरका वडा कमिटिहरुले १ सय सदस्य रहेको वडाहरुबाट ३ जनाका दरले प्रतिनिधि छनौट गरेका छन् भने ५० सदस्य रहेका वडाहरुले १ जना प्रतिनिधि छनौट गरेका छन् ।
एउटा वडाबाट ३ जना प्रतिनिधि आउँदा १ जना महिला अनिवार्य प्रतिनिधि आउने प्रावधान गरिएको सचिव श्रेष्ठले बताए ।

https://www.youtube.com/watch?v=QEqON3uOnWg&t=11s

त्यसैगरी १ सय भन्दा बढी सदस्य हुने वडाहरुबाट त्यही अनुसार प्रतिनिधि बढेर आउने प्रावधान रहेको श्रेष्ठले बताए ।

२३ गते हुने जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम कावासोतीमा हुने जनाइएको छ । नेकपा एमाले नवलपुरको जिल्ला कमिटि वैठकले अधिवेशनको सम्पूर्ण व्यवस्थापन देखि तयारीको लागि निर्णय गरेको छ ।

जिल्ला अधिवेशनले नवलपुरमा ५ जना पदाधिकारी सहित १ सय ५ सदस्यीय जिल्ला कमिटि गठन गर्ने छ ।

जसमा ३३ प्रतिशत महिला अनिवार्य हुने नेकपा एमाले नवलपुरले जनाएको छ ।

 

अधिवेशनबाट १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सविच र २ जना सहसचिव चयन गर्ने छ भने बाँकी १ सय जना जिल्ला सदस्य चयन गर्ने छ ।

जिल्ला सदस्यहरु भुगोल, समावेशी आदिको आधारमा चयन हुने सचिव श्रेष्ठले बताए । पदाधिकारी देखि सदस्यसम्म सबै सर्वसम्मत गरिने समेत उनले बताए ।

 

 

 

 



सम्बन्धित
Loading...