मेला महोत्सव र भिडभाडमा चोरी गर्ने चितवनमा सात भारतीय महिला पक्राउ

चितवन ०४ माघ । माघे सङ्क्रान्तिको अवसरमा देवघाटमा लाग्ने मेला तथा अन्य महोत्सवमा हुने भिडभाडको फाइदा उठाइ मेला महोत्सवमा आएका सर्वसाधारणको गहना तथा नगद चोरी गर्दै हिँडेका आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले सात जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
भारत गोरखपुर स्थायी ठेगाना भएकी वर्ष २५ की प्रियाङ्का देवी, वर्ष २० की अतिम्मा देवी, वर्ष २५ की पायल देवी, वर्ष १८ की नितु देवी, वर्ष ३५ की शीला देवी, वर्ष ४० की मञ्जु देवी र वर्ष १८ की आरोही भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उनीहरुको साथबाट सुनको औंठी दुई थान, नगद रु छ हजार र दुई थान एटिएम कार्डसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
यही माघ १ गते भरतपुर महानगरपालिका वडा नं. १० बस्ने वसन्त गिरी र सीता गिरीले नारायणगढ शहीदचोकको फुटपाथमा सामान किनिरहेको अवस्थामा घेरा हाली कोही झोला समात्ने, कोही बहाना बनाइ कुराकानी गर्दै ध्यान अन्यत्र मोड्नेजस्ता क्रियाकलाप गरी सीता गरीले बोकेको झोलाबाट नगद रु छ हजार र रु ९४ हजार रुपैयाँ मूल्य बराबरको २ थान सुनको औठी चोरी गरेको सूचनाको आधारमा प्रहरीले चोरी गर्ने भारतीय मूलकी महिलालाई तत्काल पक्राउ गरी अनुसन्धान थालेको थियो।
ती महिलाहरुलाई खानतलासी गर्दा चोरी भएको सामान फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए।
यस्तै उनीहरुमाथि सोमबार भरतपुर ५ कल्याणपुर बस्ने वर्ष ७४ की चन्द्रमाया श्रेष्ठले पनि चोरीको आरोपमा उजुरी दिएकी थिइन्।
श्रेष्ठले माघ १ गते ती सात जना महिला मिली विभिन्न बहाना बनाइ करिब दुई लाख रुपैयाँ मूल्य बराबरको सुनको सिक्री चोरी गरेको भन्दै कारवाहीका लागि उनीहरुविरुद्ध अर्को किटानी जाहेरी दिएकी थिइन्।

सिफारिस गरिएका समाचारहरु
कावासोतीमा बालिकालाई ललाईफकाई होटेलमा लगेर बलात्कार गर्ने युवक पक्राउ
नवलपुरमा बुस्टर डोज, कावासोतीमा माघ ७ गतेबाट; क–कसले लगाउन पाउने
मताहा हात्तीको आक्रमणबाट चितवनमा ४४ जनाको ज्यान गयो
नवलपुर जेसीजको पदहस्तान्तरण
https://www.youtube.com/watch?v=jtMNS3TsNtk&t=1193s