चितवनमा नक्कली नोटसहित दुई जना पक्राउ




चितवन, माघ ६ । चितवनमा नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको हो ।




प्रवक्ता एवम् डिएसपी नरहरि अधिकारीका अनुसार जिल्लाको खैरहनी नगरपालिका ३ घर भई हाल भरतपुर महानगरपालिका ३ मा डेरा गरी बस्ने २५ वषीया पबिता घताने र राप्ती नगरपालिका ७ बस्ने २७ वर्षका गगन लाल तामाङ रहेका छन् ।

उनीहरुको साथबाट नक्कली नेपाली एक हजारको १० वटा नोट, एमआई कम्पनिको मोबाईल १ थान, एचपी कम्पनिको ल्यापटप १ थान र गगनलाल तामाङको सौर्य दैनिक प्रेस कार्ड बरामद भएको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।

प्रवक्ता अधिकारीका अनुसार माघ ४ गते बिहान भरतपुर महानगरपालिका ३ बेलचोकमा रहेको फेन्सी पसलमा कपडा खरिद गर्न आएकी पबिता घतानीले कपडा खरिद गरेपछी दिएको नोट नक्कली भएको भन्ने सूचनाको आधारमा प्रहरी घतानीलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनको साथबाट नक्कली एक हजारको नेपाली नोट १० वटा नोट वरामत पारेको हो । उक्त घटनामा संलग्न रहेका गगनलाल तामाङलाई समेत सोही दिन नियन्त्रणमा लिई उनीहरु बसेको होटलबाट सामान बरामद भएको हो ।

 

यो पनि

नक्कली नोट कारोवारमा संलग्न २ जना नवलपरासीबाट पक्राउ

मेला महोत्सव र भिडभाडमा चोरी गर्ने चितवनमा सात भारतीय महिला पक्राउ

यि हुन नक्कली मोविल बनाएर विक्री गर्ने दुई अपराधी

ध्रुवे हात्तीको फेरि आतंक, आक्रमणबाट सेनाका एक जवानको मृत्यु

 

 

 

 



सम्बन्धित
Loading...