रेडियो प्रमुख कोरी एमाले जिल्ला सदस्यमा विजयी गरे खुला राजनीति ।
काेरी नेकपा एमाले विजयनगर गाउँ कमिटी सचिवालय सदस्य समेत रहेका छन् ।
कपिलवस्तु – नेकपा एमाले कपिलवस्तुको जिल्ला सदस्य पदमा रेडियो विजयनगर १००.७ मेगाहर्जका रेडियो प्रमुख राम प्रघट कोरी निर्विरोध चयन भएका छन् । पुष २३ र २४ गते भएको नेकपा एमालेको ९औं अधिवेशनमा दलित काेटाबाट जिल्ला सदस्य पदमा रेडियो प्रमुख कोरी निर्विरोध चयन भएको स्रोतले बताएको छ । काेरी नेकपा एमाले विजयनगर गाउँ कमिटी सचिवालय सदस्य समेत रहेका छन् ।
विजयनगर समाजद्वारा सञ्चालित रेडियोका अध्यक्षसमेत रहेका कोरीले राजनितिक गतिविधिमा अहाेरात्र खटी सक्रिय रहेका छन् । गाउँपालिकाको वडा – २ बाट आगामी स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष पदमा उठ्ने चर्चा चलिरहेकाे स्थानीयले बताएका छन् । 
गाउँपालिकाकै नमुना विद्यालयको रुपमा रहेकाे दूधाधारी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विजयनगर विद्यालय व्यवस्थापन महासंघ समितिको अध्यक्ष समेत उनी रहेका छ्न् । उनी लामो समय देखि शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आए तापनि अहिले नेकपा एमाले तथा राजनितिक गतिविधिमा बढी होमिएका छन् ।
पत्रकारिता पेशा र रेडियो विजयनगरलाई धरापमा पार्दै राजनितिक क्रियाकलापमा अगाडी बढेको देखिन्छन्। जिल्ला सदस्य काेरी पत्रकार महासंघ कपिलवस्तुका कार्य समिति सदस्य समेत रहेका छ्न् । पत्रकारिता पेशाकाे आडमा राजनितिक गतिविधिमा लाग्दा पेशागत पत्रकार माथि आम नागरिकले प्रश्न गर्न थालेका छन् । 