नवलपरासी जिल्ला अदालतका सेवाहरु दश दिन सम्म संकुचन

रामकरण अम्बेडकर –
परासी – पश्चिम नवलपरासी जिल्ला अदालतका शाखा अधिकृत लगायत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकोले मंगलवारदेखि अदालतका सेवाहरु संकुचन रहेको छ ।
नवलपरासी जिल्ला अदालतमा मंगलवार देखि दश दिनको लागि अदालतबाट प्रवाह हुने सेवाहरु संकुचन रहेको जिल्ला अदालतले सुचना जारी गरेको छ ।
अदालतले सूचना जारी गरी विश्वब्यापी रुपमा फैलिएको नयां भेरियन्ट सहितको कोभिड १९ को संक्रमण यस नवलपरासी जिल्लामा पनि तिब्र रुपमा फैलिरहेको यस अदालतमा कार्यरत शाखा अधिकृत समेत कर्मचारीहरु उक्त रोगबाट संक्रमित भई होम आईसोलेसनमा रहेकोले अदालतबाट प्रवाह हुने सबै सेवाहरु नियमितरुपमा प्रवाह गर्न असहज भएको हुंदा अदातलको अत्यावश्यक बाहेकका सेवा रोकिएको जनाएको छ ।
अदालतबाट प्रवाह हुंदै आएका सेवाहरु बन्दी प्रत्यक्षीकरण, निषेधाज्ञ सम्बन्धी निवेदन दर्ता, अभियोग पत्र दर्ता ब्यान थुनछेक फरार प्रतिवादीको ब्यान र थुनछेक, म्याद थप, पक्राउ पुर्जी जारी, जरुरी पक्राउ पुर्जी समर्थन र कल डिटेल अनुमती
बाल बालिका जिम्मा लगाई पांउ भन्ने निवेदन उपरको सुनुवाई कसुर ठहर भई सजाय निर्धारण हुन बांकी रहेका सजाय निर्धारण सम्बन्धी पेशी, मुलुकी कार्यविधी संहिता २०७४ को दफा १५५ सम्बन्धी निवेदनहरु, घरेलु हिंसा सम्बन्धी निवेदन दर्ता र सुनुवाई जस्ता कार्यहरु मात्र गर्ने नवलपरासी जिल्ला अदालतले सुचनामा जनाएको छ ।
माघ २१ गते पछि मात्र पूर्ण रुपमा अदालत सञ्चालनमा आउने भएकमो छ ।
