कावासोतीका यि २० विद्यालयले पाए अन्तराष्ट्रिय स्कूल अवार्ड




कावासोती नगरपालिकाका तीन सामुदायिक विद्यालय र एक संस्थागत बिद्यालयले अन्तराष्ट्रिय स्कूल अवार्ड २०२२ प्राप्त गरेका छन् ।

ब्रिटिश काउन्सिल नेपालले प्रदान गर्ने अन्तराष्ट्रिय स्कूल अवार्डको सार्वजनिक हुँदा कावासोती १ को जनकल्याण मावि, कावासोती २ को नवदुर्गा आधारभूत विद्यालय र कावासोती १७ को त्रिभूवन बाल माविले पूर्ण अवार्ड प्राप्त गर्न सफल भएको कावासोती नगरपालिकाका स्रोत शिक्षक तिर्थराज कंडेलले बताए ।




सो अवार्ड कावासोतीस्थित डण्डाकै संस्थायत बिद्यालय नवलपुर एकेडमीले पनि प्राप्त गर्न सफल भएको जनाईएको छ ।

यस्तै फाउण्डेसन अवार्डतर्फ कावासोतीका १६ विद्यालय पर्न सफल भएको पनि बताए ।

२० जिल्लाबाट १०७ सामुदायिक तथा संस्थागत बिद्यालयले अवार्ड प्राप्त गर्न सफल हुँदा कावासोतीका ४ बिद्यालय पर्नु यहाँको शैक्षिक स्तर गर्व गर्न लायक रहेको जिकिर गरे ।

यस अवार्डलाई विश्वका विद्यालयहरुमा विशेष महत्वको रुपमा लिने गरिन्छ ।

व्रिटिश काउन्सिल नेपालको मापदण्डअनुरुप विद्यालयहरुले क्रियाकलापमा आधारित कम्तिमा ७ वटा परियोजनाहरु सम्पन्न गरेपछि मापदण्ड पुरा गर्ने विद्यालयहरुलाई अन्तराष्ट्रिय स्कूल अवार्ड प्रदान गरिने ब्रिटिश काउन्सिल नेपाल कनेक्टिंग क्लासरुम्सका प्रोजेक्ट अफिसर सुदर्शन सुबेदीले बताए ।

अवार्ड विजेता विद्यालयहरुले व्रिटिश काउन्सिल नेपालको तर्फबाट लोगो, आइएसए झण्डा, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने यो अवार्ड ३ वर्षको लागि मान्य हुनेछ ।



सम्बन्धित
Loading...