कागज बोकेको ट्रकबाट चोरीका कपडा बरामद

हरि शर्मा –
परासी, १५ माघ- कागज बोकेको ट्रकमा लुकाएर लैजादै गरेको साढे ५ लाख बराबरको कपडालाई शसस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित लुम्बिनी पेपर बोर्ड मिल नदवाबाट विरगञ्जको पाना पेपर वर्कसमा लु १ ख ९४१३ नम्बरको ट्रकमा कागज लोड गरी पठाइएको थियो ।
सोही ट्रकमा बर्दघाट नगरपालिकाको भूताहा बजार नजिकबाट भन्सार छलेर ल्याएका ६ सय ७५ पिस साडी लोड गरेको जानकारी पाएपछि शसस्त्र प्रहरीको टोलीले बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका सूचना अधिकाी नायब उपरीक्षक माधव रेग्मीले जानकरी दिए ।
बरामद भएको कपडासहित कागज बोकेको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको रेग्मीले जानकारी दिए ।
बिल बिजकसहित रहेको कागजलाई सोही दिन छाडिएको र ट्रकसहित चालकलाई कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत राजेश पन्थीले बताए ।
