बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ, कैलालीको होटलमा युवा मृत फेला

१५ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्जबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–२३ सबैठवा बस्ने २० वर्षीय युवक भनु यादव भनिने मुन्ना यादवलाई पक्राउ गरिएको हो।
पक्राउ परेका यादवले पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगी पटक–पटक जबरजस्ती करणी गर्दै आएको प्रहरीले जनाएको छ।
उनलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट ६ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको खनालले बताए।
कैलालीको एक होटलमा युवा मृत फेला
कैलाली – एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन् ।
गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उनलाई कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा फेला पारिएको जनाएको छ । उनी माघ ३ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए ।
मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।