नवलपरासीको सुस्तामा सवारी दुर्घटना; एकको मृत्यु दुई गम्भीर घाइते
श्याम थापा –
सुस्ता १८ माघ – पश्चिम नवलपरासीमा सवारी दुर्घटनाबाट एक ब्यक्तिको मृत्यु भएको छ भने दुइ जना गम्भीर घाइते भएका छन ।
भारतीय गण्डक पश्चिम नहर सडकको पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु १८ प ८६०५ नेपाली नम्बरको स्कुटी र बिपरित दिशाबाट आएको यु पि ५६ ए एन ७२३५ भारतीय नम्बरको मोटरसाइकल र स्कुटी सुस्ता गाउँपालिका वार्ड न २ हरखपुरा गाउँ नजिकै एक आपसमा ठक्कर खादा एक भारतीय नागरिक सहित ३ जना गम्भीर घाइते भएका थिए ।
घाइते हुनेहरु भारत महाराजगन्ज जिल्ला आनन्दनगर पिसन फरेन्दा बस्ने अन्दाजी बर्ष १९ को अरबिन्द चमार,बर्दघाट नगरपालिका वडा न १५ बस्ने वीर बहादुर तमाङ्गको बर्ष १८ को छोरा नीर बहादुर तमाङ्ग र सोही स्थान बस्ने शंकर सुनारको बर्ष १७ को छोरा अमृत सुनार रहेका थिए ।
३ जना घाइते मध्येमा भारतीय नागरिकको मृत्यु भएको छ ।
घाइतेहरुको उपचारको लागि ईलाका प्रहरी कार्यालय बेलाटारीले सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाएको ती घाइते मध्ये उपचारको क्रममा भारतीय नागरिक अरबिन्द चमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार भारतीय नम्बरको मोटरसाइकलमा ३ जना सवार रहेकोे भारतीय नम्बरको मोटरसाइकल चालकको नै मृत्यु भएको बताएका छन् ।
त्यस्तै नेपाली नम्बरको स्कुटीमा २ जना सवार रहेको उनीहरु गम्भीर घाइते भइ थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएको प्रहरीले जनाएको छ ।

