अटो चालक हत्या अपडेटः अनुसन्धानका लागि दुई जना नियन्त्रणमा

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा शंकास्पद अवस्थामा मृत भेटिएका अटो चालकको घटनाको अनुसन्धानका क्रममा नवलपुर प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार प्रहरीले दुई जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।
गिरीले भने – दुई जनालाई नियन्त्रणमा लिएका छौं । घटनाको बारेमा थप अनुसन्धानका लागि सहज हुन्छ कि भनेर सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।
पूर्वी नवलपरासीको कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीको शव हत्या भएको जस्तो देखिने अवस्थामा मंगलबार कावासोती १३ बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गाडेको अवस्थामा भेटिएको थियो ।
ना २ ह ६१७३ नम्बरको अटो चालक हुन् ।
घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । तथापि पोष्टमार्टम रिपार्ट आउनै बाँकी रहेकोले प्रहरीले घटनालाई शंकास्पद मात्र भनेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले घटना शंकास्पद भएको र घटनाको अनुसन्धान भईरहेको बताए ।
महर्जनले भने – ‘बाग्मती प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर पनि अनुसन्धान थालेका छौं ।’
सोमबार राति एक जना अपरिचित युवकले घरमै आएर कावासोती जान छ भन्दै अटोमा गएपछि उनी वेपत्ता भएका थिए । अटोमा बोलाएर लैजानेको पनि पहिचान भईसकेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

मृतकको शव पोष्टमाटर्मका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको बारेमा थप पुष्टि हुने महजर्नले बताए ।
मृतकको अनुहारमा चोट लागेको छ । घटना स्थलदेखि केही पर बाटोमा अटो भेटिएको थियो । घटना स्थल वरपर सिक्री, २ थान मोबाईल र जुत्ता फेला परेको छ ।
सम्बन्धित समाचार
कावासाेतीमा अटाे चालककाे हत्या, घटनाकाे अनुसन्धान हुँदै
अटो चालक शंकास्पद घटनाः कुकुर मगाएर अनुसन्धान थालिने
अटो चालक हत्या अपडेट, मृतकको शव पोष्टमार्टमका लागि पठाइयो
