विजयनगरमा कागज र मल कारखाना

उपाध्यक्ष क्षेत्रीले भने : `लुम्बिनी प्रदेशलाई नै पर्यटन हबकाे रूपमा विकास गरिने प्रदेशको याेजना छ´


राम अवतार चाैधरी –
कपिलवस्तु,   

 



लुम्बिनी प्रदेश याेजना आयाेगकाे एक टाेलीले कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खाेल्ने तयारीकाे लागि अनुगमन गरेकाे छ ।

बुधबार आयाेगकाे टाेलीले कागज उद्योग र मल कारखाना सञ्चालन गरिने क्षेत्रलाई अनुगमन गरिएकाे आयाेगले जनाएको छ ।




विजयनगर गाउँपालिका-४ स्थित देउपुराकाे पुर्व सुरही नदीकाे छेउमा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खाेल्ने तयारी गरिएकाे याेजना आयाेगका सदस्य शिवपुजन यादवले जनाए ।

प्रदेश याेजना आयाेगका उपाध्यक्ष बामदेव क्षेत्री, आयाेगका सदस्य शिव पुजन यादव लगायतकाे टाेलीले क्षेत्रकाे अनुगमन तथा अवलोकन गरिएकाे जनाइएको छ ।

अनुगमनका क्रममा विजयनगर गाउँपालिका औद्योगिक विकासका लागि उपयुक्त क्षेत्र रहेकाे आयाेगका उपाध्यक्ष बामदेव क्षेत्रीले बताए ।

कागज उद्योगका लागि रू. १ करोड रूपैयाँ र मल कारखानाका लागि ५० कराेड रूपैयाँ बजेट विनियोजन गरिएकाे उनले जनाए ।

कागज उद्योग र मल कारखाना सञ्चालनकाे सम्पूर्ण प्रक्रियाकाे साथ तयारी तीव्र रूपामा अगाडी बढाइएकाे उपाध्यक्ष क्षेत्रीले जिकिर गरे । उनले भने: `लुम्बिनी प्रदेशलाई नै पर्यटन हबकाे रूपमा विकास गरिने प्रदेशको याेजना छ” ।

यस्तै याेजना आयाेगका सदस्य शिव पुजन यादवले कपिलवस्तु जिल्लाकाे विकासका लागि प्रदेश सरकार सकारात्मक रहेेकाे बताए । विजयनगर गाउँपालिका सम्भावित औद्याेगिक क्षेत्र भएकाेले उद्योग र कारखाना स्थापनाका लागि प्राथमिकतामा राखेकाे जनाए । अहिलेकाे सरकार समृद्ध याेजनाका साथ अगाडि बढेकाे सदस्य यादवले जिकिर गरे ।

त्यसैगरी विजयनगर गाउँपालिकाका अध्यक्ष गाेपाल बहादुर थापाले आर्थिक क्रान्ति गर्न औद्योगीकरण हुन आवश्यक रहेकाे बताए । कागज उद्योग र मल कारखाना स्थापनाका लागि स्थानीय तहबाट हुने आवश्यक सम्पूर्ण प्रक्रिया छिटै पुर्‍याउने उनले जनाए । उद्योग सञ्चालन पश्चात् सयाैँ स्थानीय नागरिकहरूलाई राेजगारीकाे अवसर सिर्जना हुने बताउँदै औद्योगीकरण र आधुनिकीकरण बिना जनता समृद्ध नहुने जिकिर गरे । विजयनगरमा औद्योगिक क्षेत्रकाे रूपमा विकास गर्नका लागि पटक-पटक प्रदेश र केन्द्रीय सरकारकाे आयाेगमा पहल गर्दै आएकाे समेत अध्यक्ष थापाले बताए ।

कपिलवस्तुका आम नागरिक कृषि पेशामा निर्भर भएकाेले विशेषगरी कृषिलाई प्राथमिकतामा राखी विकास गर्ने जनता समाजवादी पार्टीका युवा नेता रहिश शाहले बताए । यस क्षेत्रका विकास गर्न सबैको सहयोग अपरिहार्य रहेकाे जनाउँदै मधेशमा समान्तीवादी साेंचका कारण विकास हुन नसकेकाे समेत उनले बताए । यसैबीच जसपा कपिलवस्तुका जिल्ला उपाध्यक्ष राम निवास पुरीले ग्रामीण भेग भएकाेले औधाेगिक क्षेत्रकाे रुपमा विकास गर्न सके राेजगारीका अवसर सिर्जना हुने दावी गरे । विजयनगरले विकासकाे प्रचुर सम्भावना बाेकेकाेले पर्यटकीय क्षेत्र शंकर ताल, कृषि क्षेत्रका लागि उपयुक्त रहेकाे जगदीशपुरकाे सुरही नदी छेउ लगायतको क्षेत्रसमेत अनुगमन गरिएकाे उपाध्यक्ष पुरीले जनाए ।   



सम्बन्धित
Loading...