घुससहित वडा सचिव पक्राउ, कांग्रेस वडा सभापति हातहतियार खरखजनामा पक्राउ




बारामा ३ हजार ५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् ।

हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडा सचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो ।




जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा साहलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

कांग्रेसका वडा सभापति हातहतियार खरखजनामा पक्राउ

नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् ।

काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।

हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।

हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।

 

https://www.youtube.com/watch?v=qn2wVpotmbM&t=350s



सम्बन्धित
Loading...