जेसिभीको ठक्करबाट नवलपरासीमा एक जनाको निधन 




नवलपरासी । पूर्वी नवलपरासीमा जेसिभीको ठक्करबाट एक जनाको निधन भएको छ ।

नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको देवचुली १३ बोहुना खोलामा रहेको देवचुली ३ निवासी लिलप्रसाद पाठकको मनकामना क्रसर उद्योगमा नम्बर नभएको जेसिभीको ठक्करबाट सोही क्रसरमा काम गर्ने मजदुरको निधन भएको हो ।




क्रसर भित्रै क्यान्टिन सञ्चालन गर्दै आएकी देवचुली १२ निवासी अन्दाजी ४० बर्षीया निर्मला कुमारी महतलाई जेसिभी पार्किङ्ग गर्ने क्रममा ठक्कर दिएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते महतको देवचुली अस्पताल दलदलेमा उपचारका लागि लगिएकोमा उपचारको क्रममा हिजो साँझ ७ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने जेसिभी प्रहरी नियन्त्रणमा रहेको छ ।

ठक्कर दिने चालक देवचुली ४ निवासी १९ बर्षीय मनबहादुर नेपाली फरार रहेपनि पछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

चालकको सवारी चालक अनुमति पत्र समेत नरहेको स्रोतले जनाएको छ ।

 

 



सम्बन्धित
Loading...