भौतिक रुपमै विद्यालय खुलाउन माग

नवलपुर । जिल्लामा अधिकांश विद्यार्थीले खोप लगाएकाले स्वास्थ्यका मापदण्ड अपनाई भौतिक उपस्थितमा कक्षा संचालन गर्न माग गर्दै नेकपा माओवादी केन्द्रको भातृ संस्था अखिल क्रान्तिकारी नवलपुरले सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराललाई ज्ञापनपत्र बुझाएको छ ।
क्रान्तिकारीले बुझाएको ज्ञापनपत्रमा भौतिक उपस्थितिमा कक्षा सन्चालन, छुटेका विद्यार्थीलाई खोपको व्यवस्था , विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत छुटको कार्यान्वयन गर्न माग गरिएको छ ।
त्यसै गरि जिल्लामा प्रशासनले जारी गरेको आदेस विपरीत विभिन्न राजनीतिक दल र भातृ संस्थाले अवज्ञा गरेको भन्दै त्यस्तो कार्य रोकि अवज्ञा गर्नेलाई कार्वाहीको माग समेत गरिएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि तत्काल फिर्ता र एमसिसी सम्झौता खारेजीको माग समेत गरिएको छ ।

ज्ञापनपत्र बुझाउन अखिल क्रान्तिकारी नवलपुरका जिल्ला अध्यक्ष आशिष आचार्य सहित नेकपा (माओवादी केन्द्र)का नेता अनन्त अधिकारी, अनेरास्ववियु(क्रान्तिकारी) का केन्द्रीय सदस्य हरि सिग्देल सहितका नेता तथा कार्यकर्ता जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
– ज्ञापन पत्र –



