बस र ट्रक ठोक्किएर आगलागी, दुई जनाको जलेर मृत्यु, कयाैं घाईते

सुनसरीको लौकहीमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार राति ९ बजे तिर लौकहीको खुनियामा काकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना. ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ५ ख २९९६ नम्बरको ट्रक ठोक्किएका हुन् ।
ठक्करसँगै गाडीमा आगलागीसमेत भएको थियो । आगलागीमा जलेर दुई जनाको मृत्यु भएको हो ।
मृतक दुवै बसमा सवार व्यक्ति भएको सुनसरी जिल्ला प्रहरीका सूचना अधिकारी नरेन्द्र कार्कीले बताए ।
बसमा भएका यात्रुको खोजी भइरहेको छ ।
मृतकको संख्या बढ्न सक्ने उनले बताए ।
प्रहरीका अनुसार शुक्रबार राति ७.२० तिर काकडभिट्टाबाट यात्रु लिएर काठमाडौं हिँडेको ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बसले पूर्वतर्फ आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रकलाई ठक्कर दिएर ट्रक मुनी छिर्दा आगलागी भएको हो।
सुनसरी प्रहरीका प्रवक्ता नरेन्द्रकुमार कार्कीका अनुसार बस र ट्रक एक आपसमा ठोकिएपछि आगो लागेको थियो। आगलागी हुँदा बसमा बढी क्षति भएको छ।
आगलागीमा परी कम्तिमा १६ जना यात्रु घाइते भएका छन्।
त्यसमध्ये केहीको जलेर मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
.
.