लायन्स क्लबको आयोजनामा रक्तदान


कावासोती ।नवलपुरको कावासोतिमा रक्तदान भएको छ।



लायन्स क्लब अफ कावासोती सप्तरङ्गी ,लायन्स क्लब अफ भरतपुर सप्तरङ्गी,लायन्स क्लब अफ नवलपुर मिड पोइन्ट र लियो क्लब अफ कावासोती सप्तरङ्गीको संयुक्त आयोजनामा कावासोतिको फलफुल चोक र चितवन ब्लड बैकमा एकसाथ आयोजना गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका अध्यक्ष भोजराज भुर्तेलले जानकारी दिएका छन।

received_483946959962077.jpeg




मौसमले सहि ढंगले सहयोग नगरेको कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका लायन्स क्लब कावासोती सप्तरङ्गीको डाइरेक्टर तथा समाजसेवी अमृत भट्टचनले रक्तदान सबैभन्दा पुन्य काम भन्दै युवाहरुले गरेको कार्यक्रम अत्यन्तै सराहनीय भएको भन्दै आगामी दिनमा समेत निरन्तरताको शुभकामना प्रदान गरेका थिए।

received_954903422121866.jpeg

लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका संस्थापक अध्यक्ष भोजराज भुर्तेल ‘ किरण’ सभापति रहेको कार्यक्रममा लायन्स क्लब अफ नवलपुर मिड पोइन्टका अध्यक्ष देवि घिमिरे ,चार्टर प्रेसिडेन्ट कलादेवी दाहाल,नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाका अध्यक्ष बेद प्रसाद न्यौपाने,कावासोती सप्तरङ्गीका उपाध्यक्ष लक्ष्मण रिजाल,बेट्टु रानाभाट ,कोषाध्यक्ष शिव खड्का,एलसिआइएफ कोर्डिनेटर कबिराज लम्साल, खगिसरा न्यौपाने बस्याल तथा लियो र लायन्सका पदाधिकारीको उपस्तिथि रहेको थियो।कार्यक्रमको संचालन लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका सचीव खेम सारु मगरले गरेका थिए।

 



सम्बन्धित
Loading...