कावासोतीको नगरसभाद्धारा बिनियोजन ऐन २०७८ को पहिलो शंसोधन प्रस्ताव पारित
कावासोती , माघ २५ गते –
नवलपुरको कावासोती नगरपालिकाको १० औँ नगरसभाले बिनियोजन ऐन २०७८ को पहिलो शंसोधन प्रस्ताव पारित गरेको छ ।
मंगलबार भएको नगरसभामा कावासोती नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमा उपाध्यक्ष प्रेम शंकर मर्दनीयाले, प्रस्तुत गर्नुभएको बिनियोजन ऐन २०७८ को पहिलो शंसोधन प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।
सो क्रममा कावासोती नगरपालिकाका मर्दनीयाले चालु आर्थिक वर्ष २०७८ ÷ ०७९ को स्विकृत वार्षिक कार्यक्रम अनुसार विभिन्न शिर्षकमा रकम आशिंक वा पूर्ण रुपमा खर्च नहुने र कुनै अत्यावश्यक कार्य यसै आर्थिक वर्षभित्र गर्नुपर्ने भएकाले बिनियोजन ऐन २०७८ को पहिलो शंसोधन प्रस्ताव गरिएको बताउनुभयो ।
यस्तै कृषि तथा पशुपंक्षि विद्येक २०७८ समेत पारित भएको छ । आर्थिक विकास समितिका संयोजक लक्ष्मी प्रसाद पौडेलले सभा समक्ष उक्त विद्येक पेस गर्नुभएको थियो ।
उहाँले कावासोती नगरपालिका भित्रका किसान र नागरिकको खाद्य सम्बन्धि हकको सुनिश्चितता र किसानको शसक्तिकरण गर्दै कृषि प्रणालीमा शुसासन कायम गर्न , कृषि क्षेत्रको विकास र परम्परागत तथा आधुनिक कृषि प्रणालीको व्यवसायिकरण गरि किसानको आत्मनिर्भरताका लागि कृषि विद्येक निर्णयार्थ पेस गरिएको बताउनुभएको थियो । उक्त विद्येक सर्वव्सम्मत रुपमा पारित भएको छ ।
यस्तै नगर उपप्रमुख मर्दनीयाले प्रस्तुत गर्नुभएको विविध प्रस्ताव समेत सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
जसमा बालमन्दिर मन्टेश्वरी कावासोती पाँचलाई सञ्चालन अनुमती दिने , चालु आर्थिक वर्ष २०७८ , ०७९ मा नेपाल शहरी शासकिय तथा पूर्वाधार कार्यक्रम अन्तरगत निर्धारित आयोजनको कार्यन्वयन हुन नसक्ने आयोजनाहरु वडा समितिको सिफारिसमा नगर समन्वय समितिले कार्यन्वयन योग्य योजनाहरुमा परिवर्तन गरि कार्यन्वयन गर्न स्विकृत प्रदान गर्ने , लगायतका विविध प्रस्ताव पेस गरिएको थियो ।

यस्तै कावासोती नगरपालिकाको समिक्षा प्रगती प्रतिवेदन समेत सभाले सर्वसम्मत रुपमा पास गरेको छ । कावासोती नगरपालिका प्रमुख तथा कार्यक्रमका अध्यक्ष चन्द्र कुमारी पुनले सभामा पेस गर्नुभएको प्रतिवेदन सर्वसम्मतले पास भएको हो ।
प्रतिवेदनमा पर्वूाधार विकासतर्फ नयाँ जिल्लाको सदरमकुाम समेत भएको हुदाँ यहाँ विभिन्न प्रासासनिक भवन , संरचनाहरु निर्माण, सडक यातायातको विस्तार र सुदृढिकरण , पर्यटन पर्वाधार निर्माण, मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरणका लागि मेसजाली सहितको वाल निर्माण , खानेपानी तथा सिंचाईका पूर्वाधार , विद्यालय तथा खेलकूद मैदान निर्मँणका लागि नगरपालिकाले अग्रसरता लिएर काम गरेको , यस कार्यकालमा नगरभित्रको ६४ दशमलव ५ किला्मिटर सडक कालोपत्रे गरेको , कच्ची सडक तथा सञ्चालनमा रहेको सडकको करीब १२८ किलोमिटर सडक ग्राभेल तथा स्तरउन्न्ती भएको , साथै नगरको विभिन्न स्थानमा गरेर १० किला्मिटर पिच सडक मर्मत गरिएको , नगरको गौरबको योजनाभित्र रहेको नगरचक्रपथ निर्माण कार्यलाई निरन्तरता दिदै १० किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको लगायत स्वास्थ्य क्षेत्रमा आमा स्वास्थ्य कार्यक्रमबाट १८८१ जना गर्भवती तथा १७१७ जनाा सुत्केरी लाभान्वित भएको , यस कार्यक्रमका लागि आ.व. ०७७÷०७८ सम्म २६ लाख ९० हिार खर्च भएको जानकारी दिनुभयो ।
यस्तै सामाजिक विकास , आर्थिक विकास , संस्कृती तथा पर्यटनको क्षेत्रमा समेत नगरपालिकाले उल्लेख्य काम गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरुले आफ्नो आफ्नो धारण र प्रश्न समेत राखेका थिए । उहाँहरुले राखेका प्रश्नको जवाफ नगरप्रमुख पुन र उपप्रमुख मर्दनीयाले दिनुभएको थियो ।
कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश घर्ती तथा कर्मचारी , पत्रकार समेतको सहभागिता रहेको थियो ।




