लिट्टी चोखाको व्यवसायबाट राम्रो आम्दानी

गोपी ज्ञवाली –
परासी। पश्चिम नवलपरासीका एक युवाले सदरमुकाम परासीमा लिट्टी चोखाको व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका छन्।
गहँुको पिठाका ठल्लो भित्र मसला सहितको चनाको पिठो हालेर बनईने एक प्रकारको तराईको खाजा जसलाई तराईमा लिटटी भनिन्छ।
लिट्टीसंग खाने उमालेको आलुसंग प्याज मिसाएर बनाईने सुक्का एक प्रकारको चटनीलाई चोखा भन्ने प्रचलन रहेको छ । यी दुबै खाजा खाने चिजलाई लिटटी चोखा भनिन्छ ।
यो लिट्टी चोखाको खाजा करिब करिब तराईका सबै ठाउँमा खाने प्रचलन मात्र छैन कि यो राम्रो खाजाको रुपमा खाने प्रचलन रहेको छ ।
व्यवसायी पासवानका अनुसार दैनिक १२ देखि १५ किलोग्राम सम्मको पिठोको लिट्टी विक्री हुने गरेको छ ।
केही दैनिक नियमित रुपमा आउने केही ग्राहक रहेका छन भने अनेक पटक लिट्टी चोखाको प्याकिङको अडर पनि आउने गरेको छ । अनेक पटक संघसंस्थाको बैठक भेलामा समेत दिउँसोको समयमा लिट्टी चोखाको अडर आउने गरेको छ ।
२० वर्ष पहिला भारतको निचलौलबाट परासी आएका पासवानले पहिला केही समय ठेलामा चना भुजाको कारोवार गरेको भए पनि पछि लिट्टी चोखाको व्यवसाय शुरु गरे पछि अहिले व्यवसायबाट सन्तोषजनक आम्दानी भएको बताए।
२० वर्षदेखि ठेलामा लिट्टी चोखाको ब्यावसाय गर्दै आएका पासवानले यसै व्यवसायबाट ७ जनाको परिवारको लालनपालन सहित शिक्षा समेत दिन सफल भएको भन्दै सन्तोष व्यक्त गरे।
यही लिट्टी चोखाको व्यवसायबाट सदरमुकाम परासीका चौथी पासवानले मासिक २५ हजार भन्दा बढीको आम्दानी गर्न सफल भएको बताए।
पासवानले यो अवधिमा उनका धेरै युवा साथीहरु विदेश गएर नेपाल नै फर्की पुनः के को व्यवसाय गर्ने हो भन्दै भौतारिदै हिडेको देखेको बताए । विदेशको बाटो नखोजी आफ्नै स्थानमा आफ्नै परिचयको परिकार (लिटटी चोखा)को व्यवसायबाट राम्रो आम्दानी हुने गरेको उनको अनुभव छ।