सुनवलका विद्यालयमा टुनाटपरी बनाउन सिक्दै स्कुले बालबालिका




गोपी ज्ञवाली –
परासी। पश्चिम नवलपरासी सुनवलको एउटा विद्यालयले बालबालिकाहरुलाई जीवन उपयोगी शिक्षा प्रदान गर्ने भन्दै दुनाटपरी बनाउन सिकाएको छ ।

सुनवल नगरपालिकाको वार्ड नम्बर ४ स्थित लोटस बोडिङ हाई स्कुलले कक्षा ७, ८ र ९ का बालबालिकाहरुलाई ब्यावहारिक शिक्षा दिने भन्दै दुनाटपरी बनाउन सिकाएको लोटस बोडिङ हाई स्कुलका प्रधानाध्यापक नरिश्वर पौडेलले बताए।




प्रधानाध्यापक पौडेलका अनुसार बालबालिकाहरुलाई किताबी ज्ञानसंगै हाम्रो समाजमा भएका वा हुने गरेका विभिन्न प्रकारका ब्यावहारिक शिक्षा समेत प्रदान गर्नु पर्दछ भन्ने उद्देश्यका साथ बालिबालिकाहरुलाई जिवन उपयोगी शिक्षा प्रदान गरिएको हो।

विद्यालयको शैक्षिक कोर्षमा नभएका तर हाम्रो समाजमा प्रयोगमा ल्याईने अनेक प्रकारका जिवन उपयोगी शिक्षाहरु रहेकाले यी समाजमा भएका जिवन उपयोगि शिक्षा दिनु पर्ने मान्यताका साथ समय समयमा यस प्रकारका ब्यावहारिक शिक्षा दिने गरेको विद्यालयले जनाएको छ ।

कक्षा ७ देखी ९ सम्मका ४० जना विद्यार्थीहरुलाई विद्यालयका शिक्षिकाहरुद्वारा दुई दिनसम्म लगाएर जीवन उपयोगी शिक्षाको रुपमा दुना टपरी बनाउन सिकाएको बताईएको छ ।

 

सालका पातबाट बनाईने दुना टपरीको स्थानमा आजकल प्लाष्टिकका दुना टपरी (प्लेट थाल) को प्रयोग हुन थाले पछि प्लाष्टिकका सामानहरु वतावरण प्रदुषणको ठुलो कारण बन्दै गएको अवश्थामा जैविक वस्तुबाट बन्ने सामानहरुको प्रयोग वातावरणीय हिसाबले पनि राम्रो मानिन्छ।

विद्यालयले एउटा उत्सवको रुपमा मनाउदै आएको सरस्वती पुजाको पुर्व तयारीको रुपमा सरस्वती पुजामा पर्साद खान वा अन्य काममा प्रयोगमा आउने दुनाटपरी विद्यालयमा नै बनाउँदा साना बालबालिकाका लागि एउटा प्रयोगात्मक काम हुने भने विद्यलयले पैसा खर्च गरेर किन्नु पर्ने अवश्थामा यस पटकको सरस्वती पुजामा बालबालिकाहरुलाई नै दुनाटपरी बनाउन सिकाईएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष संजय श्रेष्ठले बताए ।

यसैगरी विद्यालयले बेलाबेलामा विद्यार्थीहरुलाई जीवन उपयोगि शिक्षा प्रदान गर्ने उदेश्यका साथ समय समयमा तरकारी खेती, विद्यालय परिषरमा रहेको बगैचामा फुल रोपण, करेसावारी सजावट गर्न सिकाउने, साना एवं स्थानिय स्रोतबाट संचालित साना उद्योगहरुको अवलोकन गराउने लगाएतका विषय स्थानिय तहको कोर्षमा नै ब्यावस्था गरिएको सुनवल नगरपालिका शिक्षा शाखाका प्रमुख विष्णु गोतामेले बताए।

 



सम्बन्धित
Loading...