नवलपरासीका नाकाहरुबाट अबैध तस्करी बढ्यो

परासी – पश्चिम नवलपरासी महेशपुर पुर्व रहेका सिमाक्षेत्रका नाकाहरुबाट ब्यापक रुपमा मकै, लत्ता कपडा हार्डबेयर लगायतका समानहरु बसहिया भैरम्पुर लगायतका नाकाहरुबाट तस्करी भएको छ ।
भारतबाट लत्ता कपडा चिनी हार्डबेयरका समानहरु लगायतका भन्सार छली गरी नेपालको विभिन्न स्थानमा गैरहेको र नेपालबाट भारततर्फ मकै क्रसर बालुवा लैजाने गरेको स्रोतले जनाएको छ ।
पिकअपमा तस्करीका समानहरु लैजादा सिमाक्षेत्रमा चेकजांचका लागि बसेका प्रहरी र भन्सारका कर्मचारीहरुले मिली आर्थिक लेनदेनमा छाड्ने गरेको महेशपुरका नेपाल प्रहरीका जवानले नाम नखुलाउने शर्तमा बताए ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल २६ नं गणको सशस्त्र प्रहरी बल बेलासपुरमा पनि आर्थिक लेनदेन गरी छाड्ने गरेको स्रोतले जनायो ।
स्रोतका अनुसार बेलासपुर भक्सीपुर महेशपुर चोक भुजहवा बर्दघाटे पुल हुदै नेपाल भारतको सिमाआसपासका गाउंहरुमा भन्डार गरी राख्ने र सिमाक्षेत्रका प्रहरी सशस्त्र प्रहरी र भन्सारका कर्मचारी देखि हाकिम सम्म कुरा मिले पछि सिमा पार गराउने गर्दछन ।
सशस्त्र प्रहरी बल २६ नं गणका डीएसपी माध्व रेग्मीले आफुलाई यस विषयमा कुनै जानकारी नभएको र अब सोधपुछ गर्ने बताए ।