विप्लव विद्यार्थीका सिंगो जिल्ला कमिटी क्रान्तिकारी माओवादी विद्यार्थीमा




सिन्धुली । विप्लव नेकपा निकट विद्यार्थी संगठनका अध्यक्षसहित सिन्धुली जिल्ला कमिटिको सिङ्गै टिम मोहन वैद्य नेतृतवको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) मा समाहित भएका छन ।

नेकपा (क्रान्तिकारी माओवादी) को जिल्ला पार्टी र विद्यार्थी संगठनले आज आयोजना गरेको पुनर्मिलन कार्यक्रम मार्फत विप्लवका विद्यार्थी नेताहरूलाइ ध्रुवीकृत गरीएको हो ।




उनीहरुलाई क्रान्तिकारी माओवादीका नेता एवम् देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले अविर र खादा ओढाएर पार्टीमा प्रवेश गराएका थिए ।

त्यस्तै विप्लवको पार्टीमा आवद्ध सिन्धुली जिल्लाका विद्यार्थी नेता कार्यकर्ताहरूले क्रान्तिकारी माओवादी सम्वद्ध अखिल (क्रान्तिकारी) मा पुनर्मिलन कार्यक्रम गरेर संगठनमा प्रवेश गरेका छन् ।

कार्यक्रममा सीपी गजुरेलले अब देशभक्त, राष्ट्रवादी एवम् क्रान्तिकारी शक्तिहरु एक ढिक्का हुनुको विकल्प नरहेकोमा जोड दिए ।

सिन्धुली जिल्ला पार्टी इन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य जीवनको अध्यक्षतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल , बागमती प्रदेश सल्लाहकार इन्दिरा अधिकारी, अखिल (क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेको सहभागिता रहेको थियो ।

कार्यक्रमको संञ्चालन जिल्ला सचिव सुवर्णले गरेका थिए भने भने स्वागत मन्तव्य देशभक्त जनगणतान्त्रिक मोर्चाका सिन्धुली जिल्ला अध्यक्ष ढकप्रसाद देवकोटाले गरेका थिए ।

त्यस्तै पुनर्मिलनमा सहभागी विद्यार्थी संगठनका तर्फबाट हेमराज बस्येलले मन्तव्य राखेका थिए ।



सम्बन्धित
Loading...